निजगढ,बारा जिल्लाको एक उपमहानगरसहित चार पालिकाका लागि संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भई आएका ४ जना उपसचिवमध्ये २ जना उपसचिवहरु हाजिर नै नभई मन्त्रालयमा फिर्ता भएका छन् ।जिल्लाको कोल्हबी र सिम्रौनगढ नगरपालिकाका लागि सरुवा भई आएका उपसचिवहरु हाजिर नै नभई मन्त्रालयमा फिर्ता भएका हुन् । सिम्रौनगढ र कोल्हबीका लागि सरुवा भई आएका क्रमशः विष्णुभक्त सिग्देल र सञ्जय पोखरेललाई पालिकाले हाजिर नगराएपछि फिर्ता भएका हुन् ।जीतपुर–सिमरा उपमहानगर र निजगढ नगरपालिकामा भने सरुवा भई आएका उपसचिवद्वय हाजिर भएका हुन् । जीतपुरसिमरा उपमहानगरपालिकाको लागि चेतकुमार पोखरेललाई सरुवा गरी उहाँको ठाउँमा हरिलाल पुरीलाई र निजगढ नगरपालिकामा सुमन धितालको स्थानमा राजमणी निरौलालाई सरुवा गरी पठाएकोमा उनीहरुले कार्यालयमा हाजिर भएर कामकाज सुरु गरिसकेका छन ।
















