आर.के.चौधरी

सखुवाप्रसौनी,सखुवाप्रसौनी गाउँपालिका वडा २ स्थित श्री दिपनरायण आदर्श नमुना माध्यमिक विद्यालय औराह पन्चगावामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउदै कायक्रमको उद्धाटन गरिएको छ ।सखुवाप्रसौनी गाउँपालिका वडा २ का वडा अध्यक्ष चिरञ्जीवी महतो थारुले पूजापाठ कार्यक्रमको उद्धाटन गर्नुभएको थियो । कार्यक्रममा क्लार्क रिसोट विरगञ्जका ईन्जिनियर तथा वीरगञ्ज महानगरपालिकाका पूर्वईन्जिनियर कौशलकिशोर कर्ण र राजेश मेटल प्रालिका प्रेमकुमार, विद्यालयका शिक्षक÷शिक्षिका तथा डिप्लोमा सिबिल ईन्जिनियरिङका बिद्यार्थी, बिल्ड अप नेपालका प्रशिक्षक धनकुमार पुलामीलगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा विद्यार्थीहरुलाई पढाइसंगै सीप सिकाउनु, विधालयमा टिकाउनु, सीपबाट कमाउनु र सीपलाई बजारमा बिकाउनु कार्यक्रमको मुख्य उदेश्य रहेको बताइएको थियो ।गत आर्थिक वर्ष ०७८÷०७९ मा प्राप्त दस लाख रकम पालिकाले रोक्का गरेको कारण यसअघि कार्यक्रम अगाडि बढन सकेको पनि सो अवसरमा जानकारी दिइएको थियो । केही दिनअघि मात्रै फुकुवा भएपछि बुधवार कार्यक्रमको उद्धाटन गरिएको हो ।चालु आर्थिक वर्ष ०७९÷०८० मा पालिकामा दश लाख आएपनि पालिकाले अझै विद्यालयमा निकास पठाएको छैन । रकम प्राप्त भएपछि कार्यक्रम अन्तर्गत ब्रिक, मल्ड ब्रिक, पेभर ब्रिकबाहेक थप सिमेन्टीको पोल र मेष वायर गरिने विद्यालयका प्रधानाध्यापक शिवनाथ चौधरी थारुले बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष चिरञ्जीवी महतो थारुले कार्यक्रम अन्तर्गत वडा कार्यालयको तर्फबाट पूर्ण सहयोग रहेने प्रतिबद्धता जनाउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here