पर्साको जीराभवानी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
आइतबार राति जीराभवानी गाउँपालिका–५ स्थित सडकमा बा ४४ प २३०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक स्थानीय सखुबनिया टोलका ४५ वर्षीय संजय खवास गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेज पुर्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।
दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

















