नेपालबाट बंगलादेश विद्युत् निर्यातको बाटो औपचारिक रुपमा खुलेको छ । बिहीवार नेपाल, भारत र बंगलादेशका तीन कम्पनीबीच विद्युत् बिक्री सम्झौता भएसँगै नेपालले तेस्रो मुलुकमा पहिलोपटक विद्युत् निर्यात गर्ने भएको हो ।
नेपालले तीन वर्षदेखि नै भारतमा विद्युत निर्यात गर्दै आएको छ । छिमेकी देश भारत पछि अब अर्को छिमेकी देश बंगलादेशलाई नेपालले विजुली बिक्री गर्न सफल भएको हो । यो नेपालका लागि ठूलो उपलब्धी हो । दशक अगाडिसम्म नेपालमा नै बिजुलीको खपत भएको देखाइन्थ्यो यद्यपि यसमा गलत हर्कतहरु भएका थिए भन्ने कुरा त बाहिर आइसकेको छ ।
गत असारमा प्रधानमन्त्रीको सपथ लिएसंगै केपी शर्मा ओलीले विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई हटाउन खोजेको कुरा बाहिर आएको थियो तर यो कुरा केवल कुरामा मात्रै सीमित रहेको छ ।
राजनीतिक स्वार्थ जे भएपनि काम गर्ने व्यक्तिलाई हस्तक्षेप गर्न हुन्न । कुलमानका पनि कमजोरी होलान् तर विधुतमा कुलमानले गरेको सुधार सबैले देखेका छन् ।
त्यही भएर पनि प्रधानमन्त्री पछाडि हट्न बाध्य भएको देखिन्छ । जे सुकै भएपनि नेपालमा विधुतको सवालमा राम्रो प्रगति भएको छ । अब अझै विधुत प्राधिकरणले सुधार गर्न आवश्यक छ । हिउँदमा भारतबाट अझैपनि बिजुली आयात गर्न पर्ने छ त्यो पनि हटोस् अनि विधुतको पहँुच सबैका घरमा पुगोस् यसतर्फ पनि विधुतले ध्यान दिन जरुरी छ ।
जनतालाई उज्यालो चाहिएको छ, मुख्य कुरा यही नै हो । बिजुली बिक्री गरेर मात्र नभइ जनताको घरमा सेवा दिन पनि विधुत प्राधिकरणले सक्नु चैं पर्दछ ।