वीरगञ्ज । पर्सा जिल्ला अदालत बार एसोसिएसनले जिल्ला न्यायाधीश नवीन जोशीको इजलास बहिष्कार गर्ने निर्णय गरेको छ।

बार एसोसिएसनको बृहत् बैठकले आजदेखि न्यायाधीश जोशीको इजलासमा कुनै पनि बहस पैरवी नगर्ने निर्णय गरेको हो।

न्यायाधीश जोशीले न्यायका उपभोक्तालाई कानुनले दिएको सुविधा प्रयोग गर्न इन्कार गरेको तथा कानुन व्यवसायीप्रति सम्मानजनक व्यवहार नगरेको आरोप लगाउँदै बारले इजलास बहिष्कार गर्ने निर्णय गरेको जनाएको छ।

न्यायाधीशको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बारले यस्तो कदम चालेको हो। यस विषयमा थप छलफल भइरहेको पर्सा जिल्ला अदालत बार एसोसिएसनकी सचिव प्रतिमा चौरसियाले जानकारी दिइन् ।

बार एसोसिएसनको निर्णयसँगै न्यायाधीश जोशीको इजलासमा हुने बहस पैरवी प्रभावित हुने भएको छ।

Leave a Reply