काठमाण्डौ – साउदी अरेबियाको क्लब अल हिलालले फ्रान्सका स्टार फुटबलर किलियन एम्बाप्लेलाई भित्र्याउन कीर्तिमानी रकमको प्रस्ताव गरेको छ । अल हिलालले पेरिस सेन्ट जर्मेइन (पीएसजी) लाई आफ्नो क्लबमा आउन २५९ मिलियन पाउन्ड स्टर्लिङको प्रस्ताव गरेको हो ।२४ वर्षीय फ्रान्सका कप्तानको पीएसजीसँगको अनुबन्ध सकिन एक वर्ष बाँकी छ । एम्बाप्पेले भने आफूलाई जापानको प्रि–सिजन भ्रमणका लागि नछानेको भन्दै पीएसजीसँग अनुबन्ध लम्ब्याउन तयार छैनन् ।एसजी एम्बाप्लेलाई आउँदो गर्मीयाममा त्यसै गएको भन्दा अहिले नै अन्य क्लबमा अनुबन्ध गराउन चाहन्छ ।सन् २०१७ मा नेयमार बार्सिलोनाबाट पीएसजीमा जाँदा २०० मिलियन पाउन्डमा अनुबन्ध भएका थिए जुन रकम कीर्तिमानी हो ।


















