काठमाडौं । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ९एनप्याब्सन० लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ ।
गृह मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम जारी निर्देशन पटक–पटक पालना नगरेको भन्दै संस्थालाई निलम्बन गरेको जनाएको छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा एनप्याब्सनका पदाधिकारीले सरकारबाट स्वीकृत विधान र संस्थाको मूल उद्देश्यविपरीतका गतिविधि गरेको पनि उल्लेख छ ।
मन्त्रालयले गत २०८३ असोज २३ गते सम्बन्धित सरोकारवालासँग छलफल गरी ऐन तथा मन्त्रालयले जारी गरेको निर्देशनअनुसार काम गर्न आग्रह गरेको थियो । तर, त्यसको पालना नभएको निष्कर्षसहित ऐनको दफा ६ को उपदफा ९२० बमोजिम निलम्बनको निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
सरकारको अर्को निर्णय नभएसम्म एनप्याब्सनको निलम्बन कायम रहने गृह मन्त्रालयले स्पष्ट पारेको छ ।
















