कृष्ण मोहन साह
सेढवा,पर्साको जिराभवानी गाउँपालिकामा अबैध रुपमा संचालनमा रहेका मदिरा भट्टीहरु प्रहरीले फोडेर नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाको नेतृत्वमा ईलाका प्रहरी कार्यालय सेढवा र प्रहरी चौकी शंकरसरैयाबाट गएको प्रहरी टोलीले जिराभवानी गाउँपालिका वडा नम्बर ५ सखुवनियाका स्थानीय लक्ष्मण मुखिया बिन, मदन मुखिया बिन, बिन्दा महतो, दिनानाथ कमकड, तुलसी माझी, दर्शन महतो र सुदामा महतोले सन्चालन गरेको मदिरा भट्टीहरु भत्काउनुको साथै उक्त रक्सी भठिहरु बाट प्रहरीले २ हजार तीन सय लिटर रक्सी बनाउन प्रयोग हुने कच्चा पदार्थ र ५० लिटर तयारी रक्सी बरामद गर्नुको साथै रक्सी बनाउनमा प्रयोग गरिएका बिभिन्न सामानहरु समेत बरामद गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । बरामद गरिएको रक्सी र कच्चापदार्थ स्थानीय भद्रभलादमी र सन्चारकर्मीको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।