सिमरा,पथलैया  वीरगन्ज व्यापारिक सडकको निर्माण कार्य अन्तिम चरणमा व्यापारिक सडकको निर्माण कार्य अन्तिम चरणमा पथलैया वीरगन्ज व्यापारिक सडकको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

मार्गअन्तर्गत अधिकांश खण्डको काम अन्तिम चरणमा पुगेको हो । कालोपत्रे गर्दा सडक सुख्खा हुनु पर्ने भएकोले बेमौसमी वर्षातले केही समस्या पारेको आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सम्पतलाल दासले बताउनुभयो ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद कटुवालले निर्माण कम्पनीका प्रतिनिधि र योजना कार्यालयलाई बोलाएर छिटो काम गर्न निर्देशन दिइसक्नु भएको छ । यो सडकलाई आठ खण्डमा विभाजन गरेर काम भइरहेको छ । जसमा तीन वटा पुलहरु निर्माण भइरहेको छ ।

आयोजना अन्तर्गत ६ लेन सडक खण्डमा तीन वटा पुल र एउटा कल्भर्टको काम पनि अपुरै रहेको छ । सिमरास्थित सूर्य टोबाकोको कम्पनीदेखि जीतपुरको आर्मी क्याम्पसम्म ५.८० किलोमिटरको रहेको छ ।

शर्मा÷युनाइटेड विल्डर्स÷दिवा निर्माण सेवा जेभीले ठेक्का लिएको यस खण्डको ५५ प्रतिशत काम मात्र सकिएको छ । ८२ करोड ४५ लाख ६९ हजार १ सय १ रुपैयाँ २९ पैसामा निर्माण सम्झौता गरेको कम्पनीले ५ करोड ७५ लाख ७९ हजार ७ सय ९८ रुपैयाँ ६१ पैसा लिईसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here