कृष्णउदास खनाल
वीरगञ्ज,
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहप्रति आक्रोश व्यक्त गर्नुभएको छ ।सत्ता गठबन्धन दलमा आबद्धता रहेकै कारण वीरगञ्जका मेयरको नागरिकता प्रकरणले मूर्तरूप लिन नसकिरहेको समेत थापाले बताउनु भएकोछ । उहाँले मेयर सिंहको नागरिकता प्रकरण अहिलेसम्म छानबिनको दायरमा नआएकोमा आश्चर्य व्यक्त गर्नुभएको छ ।

वीरगञ्जबाट प्रकाशन हुने अङ्कुश दैनिक पत्रिकाको रजत महोत्सव समारोहलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले पछिल्लो समय राज्यले व्यक्ति र पद हेरेर फरक–फरक व्यवहार गरिरहेको घटनाक्रमले देखाइरहेको बताउनुभयो । राजनीतिक, प्रशासनिक सहितका हरेक क्षेत्रमा देखिएका समस्याहरूबारे मिडियाले कलमबाट घचघच्याइरहनुपर्ने जरुरी रहेको उहाँको भनाई छ । महामन्त्री थापाले राजनीतिक दलले गर्नुपर्ने सुधारका विषयहरूको बारेमा पनि चर्चा गर्नुभएको थियो ।सबैलाई आ–आफ्नो ठाउँबाट सुधारको प्रयासको थालनी ग¥यो भने देशमा व्यापक परिवर्तन आउने उहाँको ठहर थियो ।पत्रिकाका सम्पादक दीपेन्द्र चौहानको अध्यक्षतामा भएको कार्यक्रमलाई संबोधन गर्दै महामन्त्री थापाले राज्यले यसरी विभेद गर्न नहुने बताउनुभयो । जो भएपनि नागरिकता काण्डमा दोषी हुनुपर्ने उहाँको तर्क छ ।
पत्रकारहरु सम्मानित
अंकुश दैनिकले पत्रिकामा काम गरेका पत्रकारहरुलाई सम्मान पनि गरेको छ । कार्यक्रममा वीरगञ्जको सामुदायिक रेडियो नारायणी एफएमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटासहित आधा दर्जनभन्दा बढी पत्रकारहरु सम्मानित गरिएको हो ।
अंकुश दैनिक २५ वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा अंकुश दैनिक पत्रिकाले वीरगञ्जका पत्रकारहरु केसी लामिछाने, शत्रुघन नेपाल, ओमप्रकाश खनाल, राम सर्राफ र विजय भण्डारी, राजन रौनियारसहितका पत्रकारलाई कदरपत्रसहित सम्मानित गरेको हो ।

योसंगै अन्य पेसा तथा सहयोगीहरुलाई समेत अंकुश दैनिकाले सम्मानित गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि कांग्रेस महामन्त्री गगन थापाले कदरपत्र दिँँदै पत्रकारहरुलाई सम्मानित गर्नुभएको थियो । अंकुश दैनिक पत्रिकाका प्रधान सम्पादक दीपेन्द्र चौहानले विभिन्न समयमा पत्रिकासंग आवद्ध भएर पत्रिकालाई यहाँसम्म पु¥याएको पत्रकारहरुलाई सम्झनास्वरुप सम्मानित गरिएको बताउनुभयो । उहाँका अनुसार अंकुश दैनिकसंगको आवद्धताका कारण पत्रकारहरुलाई सम्मान गरिएको हो ।

Leave a Reply