पुष्पराज खतिवडा

मनहर्वा,सिमरास्थित थानीमाई सामुदायिक वन (सिमरा पार्क) मा मधेस प्रदेशस्तरीय कराँते प्रतियोगिता हुने भएको छ ।आयोजक नेपाल सितोरियो कराँते डोजाङले जेठ १९ गते शुक्रबार र २० गते शनिवार हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको बिहीवार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।प्रतियोगितामा मधेस प्रदेशका आठ जिल्लाबाट एक सय ६० खेलाडीले सहभागिता जनाउने छन् । दुई दिनसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ १० वटा तौल समूहमा प्रतिस्पर्धा हुने डोजाङ प्रमुख सानु पटेलले जानकारी गराउनुभयो ।प्रत्येक जिल्लाबाट २० जना खेलाडी सहभागी हुने बताउँदै पटेलले एकल कातातर्फ महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने बताउनुभयो । प्रतियोगितामा करिब आठ लाख रुपैया खर्च हुने अनुमान आयोजकले गरेको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा हुन लागेको प्रतियोगितामा अन्य संघसंस्था तथा स्थानीय खेलप्रेमीहरुको समेत सहयोग रहने आयोजकले जनाएको छ ।सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कासिम हुसेनको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन सम्पन्न भएको हो । पत्रकार सम्मेलनमा कराँते प्रशिक्षक हिमालचन्द्र अधिकारी, खानेपानी कार्यालयका प्रमुख सुरज वैद्य ंलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण संचारकर्मी प्रदीप गौतमले गर्नुभएको थियो ।

Leave a Reply