कलैया,मानव समाजको रक्षा तथा गतिशील नीति निर्माणका लागि ब्राह्मण समाजको भुमिका महत्वपुर्ण रहेको बताइएको छ ।बारा जिल्लाका ब्राह्मण युवाहरुद्वारा बुधवार कलैयामा आयोजित एक भेलाका वक्ताहरुले वर्तमान अवस्थामा पुर्वजले स्थापित गरेका शिष्टाचार र मान्यता २१ औं शताब्दिका नागरिकले नमानेकोले समाजमा विकृति फैलिएको र त्यसको समाधान ब्राह्मण समाजले गर्ने बताइएको हो ।ब्राह्मण युवा समाज, बारा जिल्ला तदर्थ समिति गठन गर्नका निमित्त आयोजित उक्त भेलाले ब्रह्मण समाजमाथि आइपरेको समस्याको निराकरणका लागि ब्राह्मण युवाहरु एक भएर अगाडि बढ्नुपर्ने बताइएको थियो ।भेलाले जितेन्द्र तिवारीको अध्यक्षतामा २१ सदस्यीय ब्राह्मण युवा समाज, बारा जिल्ला तदर्थ समिति गठन गरिएको छ । समितिको सचिवमा प्रीन्स बशिष्ठ, कोषाध्यक्षमा वेदप्रकाश दुबे तथा सदस्यहरुमा, संजय तिवारी, राकेश पाण्डेय, उमेश दुबे, अनिल पाण्डे, यस मिश्रा, अमरेशकुमार पाण्डेय, राजदिप पाण्डेय, धर्मेन्द्र दुबे, उमेशकुमार मिश्रा, धिरेन्द्र तिवारी, चन्दन पाण्डेय, सुमनकुमार दुबे, धनन्जय दुबे, कैलाश उपाध्याय, जग्यानन्द पाण्डेय, संजय मिश्रा, नरेन्द्र तिवारी, तथा मनोजकुमार पाण्डेय रहेका छन ।कार्यक्रममा ब्राह्मण समाज बाराका संस्थापक रामाकान्त तिवारी, राकेश पाण्डेय, दिनेश पाण्डेय, ब्राह्मण युवा समाज पर्साका अध्यक्ष राकेश दुबेदी ब्राह्मण अगुवा अनिल पाण्डेय लगायतकाको उपस्थिति रहेको थियो ।



















