मनोज शाह
जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिकाको वडा ७ जीतपुरमा एकदिने निःशुल्क आँखा तथा दाँत चेकजाँच शिबिर सम्पन्न भएको छ ।नेपाल सितोरियो कराँते संघ शाखा डोजो जीतपुरको आयोजना तथा बडानियार आँखा तथा दाँत अस्पताल प्र.लि. को प्रविधिक सहयोग शिबिर सम्पन्न भएको हो ।शिबिरमा १४० जनाले आँखा र ७० जनले दाँतको चेकजाँच गराएका थिए । शिबिरमा आएका बिरामीहरुलाई औषधीहरु पनि निःशुल्क वितरण गरिएको थियो । आँखाको शल्यक्रिया गर्नुपर्ने तथा चश्माको आवश्यक्त भएका बिरामीहरुलाई अस्पतालमा सम्पर्क गर्न बडनियार आँखा तथा दाँत अस्पताल प्र लि.का डा जितेन्द्र गिरीले बताउनुभयो ।जीतपुरका स्थानीय समाजसेवी रबिकुमार साहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम बारा कराँते संघका अध्यक्ष सानुबाबु कुर्मी, बरिष्ठ पत्रकार गभिरा सहनी, प्रशिक्षका श्रीराम साह, जीतपुर युवा कलब अध्यक्ष भुनेश पासवान, सजय चौधरी, सरिता मुखिया, चन्द्रबहादुर सिह, महेन्द्र ठाकुर, कैलास यादव, ध्रमेन्द्र मुखिया, राजबाबु साह, चन्दकिशोर साह, अमान खातुन लगायतकाको उपस्थिति रहेको थियो ।

















