नेपालमा सरकारले विश्व धूमपानरहित दिवसको पूर्वसन्ध्यामा बजेट भाषण गरियो । बजेटमा सुर्ती नियन्त्रणका क्षेत्रमा नेपाल सरकारले नामै उच्चारण नगर्नुले नागरिकको स्वस्थ भएर बाँच्न पाउने नैसर्गिक अधिकारलाई खुलेआम लत्याएको छ । यस वर्षको विश्व धूमपानरहित दिवसको नारा ‘हामीलाई सुर्ती होइन खाना चाहिन्छ’ भन्ने रहेको छ । यस अभियानको उद्देश्य सुर्ती कृषकहरूका लागि वैकल्पिक बाली उत्पादन र बजारीकरणका अवसरहरूबारे चेतना जगाउनु हो ।ाथै सुर्ती कृषकहरूका लागि अवसरहरू र उनीहरूलाई दिगो पौष्टिक बाली उब्जाउन प्रोत्साहित गर्नु हो । यसले सुर्ती उत्पादनमा कमी आउँछ भन्ने हो । साथै त्यसको मूल्यमा सरकारले ९० प्रतिशतसम्म कर बढाउन सुझाव दिएको पनि थियो ।विशेष गरी सुर्तीजन्य पदार्थको प्रयोगकर्ताहरुको सबैभन्दा बढी संख्या कम आयस्रोत भएका र पौष्टिक आहारको कमी भएका व्यक्तिहरु नै हुने हुन् । त्यसैले बजेटमै कर बढाएको खण्डमा उनीहरुले खरिद गर्न सक्दैनन् र प्रयोगमा कमी आउँछ भन्ने नै हो ।तर यस वर्षको बजेटमा नेपाल सरकारले सुर्तीजन्य पदार्थमा खासै कर बढाएन र जनस्वास्थ्यप्रति भन्दा सांसदहरुले गर्ने खर्च बढाउनेमा प्राथमिकता दिएको पाइन्छ । विश्व स्वास्थ्य संगठनले तमाखु खेतीले विश्वव्यापीरूपमा खाद्य असुरक्षा बढाउन योगदान पु¥याएको उल्लेख गरेको छ । जुन जमिनमा सुर्ती उत्पादन गरेको छ त्यो जमिन मरुभूमिजस्तै हुन्छ र अन्य उत्पादनसमेत हुँदैन भनिएको छ ।यद्यपी बारा,पर्साका कृषकहरुले भने सुर्तीबाट राम्रो आम्दानी गर्ने गरेका कारण सेवनमा भन्दा उत्पादनमा चैं प्रश्रय दिन आवश्यक देखिन्छ ।

















