वीरगञ्ज,नेपाल पत्रकार महासङ्घ पर्सा जिल्ला शाखाको अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।
शुक्रवार हुने निर्वाचन कार्यक्रमअन्तर्गत बुधवार भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको हो ।उम्मेदवारी दर्ता गर्नेमा महासंघका वर्तमान अध्यक्ष अनुप तिवारी र वरिष्ठ पत्रकार ओमप्रकाश खनाल रहेका छन् । जसमा तिवारी प्रेस चौतारी र नेपाल प्रेस युनियनका साझा उम्मेदवार हुन् भने खनालले स्वतन्त्रबाट अध्यक्ष पदका लागि उम्मेदवारी दिएको निर्वाचन समितिका अधिकृत राजेन्द्र सिंहले जानकारी दिनुभयो ।
यस्तै, उपाध्यक्ष (खुल्ला) मा भूषण यादव, अलिअसगर देवान र जगत राईले दिएका छन् भने उपाध्यक्ष महिलातर्फ नीलिमा पौडेल र कविता खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।खड्का र पौडेल प्रेस चौतारी र युनियनको साझा उम्मेदवार हुन् ।
सचिव पदका लागि भने चार जनाले मनोनयन दर्ता गरेका छन् । जसमा शेखरबहादुर क्षेत्री, मनोजकुमार पटेल, विजय चौहान र सफल खतिवडा रहेको अधिकृत सिंहले बताउनुभयो । त्यस्तै सहसचिवमा एसके चौरसिया (समावेशी), अमित अग्रवाल (समावेशी), अजय चौरसिया (खुल्ला), उदयकुमार दास (खुल्ला), इरफान अलि (समावेशी) र शम्भुकुमार सुमन (खुल्ला) ले मनोनयन दर्ता गराएका छन् ।
कोषाध्यक्षमा धनञ्जय मिश्र, अमितकुमार साह, सञ्जीवकुमार मिश्र र जियालालप्रसाद साहले उम्मेदवारी दिएका छन् ।
यस्तै महिला सदस्यमा कमला भण्डारी, विमला गुप्ता र निलम पन्तले उम्मेदवारी दिएका छन् भने दलित सदस्यमा छेदी राम (सुभाष) ले उम्मेदवारी दिएका छन् । आदिवासी जनजाति सदस्यमा रश्मिराज भण्डारी, अजितकुमार भुजेल र राम मण्डलले उम्मेदवारी दिएका छन् । त्यसै गरी, मधेसी सदस्यमा रञ्जित यादव, आरोहण साह र कृष्णकुमार यादवले उम्मेदवारी दिएका छन् ।
त्यस्तै अन्य समावेशी सदस्यमा मुनेशकुमार लायोमगर, सब्दर हुसेन, शेष मक्दम जहाँगस्त र प्रकाशकुमार तिवारी (अपाङ्ग) ले मा उम्मेदवारी दिएका छन् भने खुल्ला सदस्यमा अखिलेश साह, नितेश कर्ण, राजन रौनियार, आनन्द पटेल, प्रणयकुमार साह, शैलेश कुशवाहा (नयाँ), राकेशकुमार साह गोढ, धर्मेन्द्र चौरसिया, रञ्जितकुमार गुप्ता, रितेन्द्र झा, प्रणय साह, बलिराम यादव, तिवारी यादव, श्याम कुशवाहा, राजनकुमार वानिया, राजनकुमार सिंह, विनोदप्रसाद पटेल कपिलदेवप्रसाद यादव, राहुल कुमार गुप्ता बलिराम सुक्ला, प्रमोद यादव, रञ्जित चौरसिया, शोभा कुमारी धमला र सबनम भट्टराईले उम्मेदवारी दिएका छन् ।