निजगढ,बारा जिल्ला निजगढ नगरपालिका वडा नम्बर १३ निवासी प्रेम पाख्रिनको परिवारले स्थानीय जुनतारा फुटबल क्लबलाई १६ थान जर्सी सहयोग गरेको छ ।बुधवार क्लबको खेल मैदानमा भएको युवा भेला कार्यक्रममा पाख्रिन परिवारको तर्फबाट प्रेमले निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सुर्यबहादुर घलानमार्फत क्लबलाई १६ थान जर्सी सेट हस्तान्तरण गर्नुभएको हो ।

निजगढ– ३ सिंगौलस्थित लालीगुराँस युवा क्लबले आयोजना गरेको फुटबल प्रतियोगिताको दोश्रो चरणको खेलमा क्लबको तर्फबाट खेल्ने खेलाडीहरुले प्रयोग गर्ने जर्सी पाख्रिन परिवारले सहयोग गरेको हो ।श्रीमती सबिता र छोरा सप्रण पाख्रिनको नाममा वडा अध्यक्ष घलानमार्फत आफूले जर्सी सहयोग गरेको प्रेमले बताउनुभएको छ । छोरा सप्रण पाख्रिन हाल अष्ट्रेलियामा अध्ययनरत हुनुहुन्छ । पाख्रिन परिवारको तर्फबाट प्राप्त भएको सो जर्सी वडा घलानले क्लबका फुटबल टिम काप्तान दिपेश र क्लबका अध्यक्ष खुशीलाल थिङ्गलाई हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष घलानले सहयोग बापत पाएको सामग्री सदुपयोग गर्न खेलागीहरुसंग अनुरोध गर्नुभएको छ । वडा अध्यक्ष घलानले सहयोगी र खेलाडीहरुको एउटै लक्ष्य हुनु पर्नेमा जोडिनुभएको थियो । त्यस्तै क्लबले आफ्नो आधिकारिक र गाउँमा चौतारा समेत निर्माण गर्नेभएको छ । स्थानीय दाताहरुबाट सहयोग संकलन गरेर क्लबले उक्त संरचना निर्माण गर्न लागेको हो ।यसको लागि विभिन्न व्यक्तिहरुबाट सहयोग स्वरुप आर्थिक र भौतिक सामग्री प्राप्त हुने क्रम जारी रहेको क्लबका सचिव उमेश घलानले जानकारी दिनुभएको छ । सचिव घलानकाअनुसार सहयोगीको नामावली र सहयोगको विवरण संचारमाध्यमकमार्फत सार्वजनिक गरिने छ ।

Leave a Reply