सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले बिहिवार जीतपुरसिमरा वडा नम्बर ४ मा ढलान सडकको शिलान्यास गनुृभएको छ ।नगरस्तरीय योजना अन्तर्गत उपप्रमुख अधिकारीले आँखा अस्पतालबाट पशु सहकारीतर्फको बाटोमा निर्माण हुन लागेको ढलान सडकको शिलान्यास गर्नुभएको हो ।सडकको शिलान्यास गर्दै नगर उपप्रमुख अधिकारीले विकास र परिवर्तनको मुख्य आधारको रुपमा रहेको सडक सञ्जाल विस्तारलाई प्राथमिकता दिईने बताउनुभयो । उहाँले सडक निर्माण भएपछि उक्त क्षेत्रका स्थानीय लाभान्वित हुनेमा आशावादी रहेको बताउनुभयो ।शिलान्यास कार्यक्रममा एमाले नेता मनोज पौडेल, रमेश खरेल, कुमार त्रिपाठी, युवा नेता त्रिलोक बिक्रम शाहसहित स्थानीयको सहभागिता रहेको थियो । जीतपुरसिमरा उपमहानगरपालिकाको १५ लाखको लागतमा उक्त सडक निर्माण हुन लागेको नगर उपप्रमुखको स्वकीय सचिव राजकुमार न्यौपानेले जानकारी दिनुभयो ।

Leave a Reply