बसन्त लामा

सिंगौल,निजगढ नगरपालिका वडा नम्बर ३ सिंगौलमा बुधवार सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।वडा अध्यक्ष गोकुलप्रसाद तिमल्सिनाले लाभग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्नुभएको हो ।यसअघि एउटा स्थानबाट मात्र भत्ता वितरण गर्दा सेवाग्राहीलाई समस्या भएको भन्दै यसपटक वडा कार्यालयले उनीहरुलाई वडाका २ स्थानमा भेला गरेर भत्ता वितरण गरेको थियो । वडा कार्यालय भवन र वडा नम्बर ३ को २ तले प्रतिक्षालयबाट भत्ता वितरण भएको हो । छिटो, छरितो र सर्वसुलभ तरिकाले धेरैभन्दा धेरै लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सकियोस भन्ने उद्देश्यले २ स्थानबाट भत्ता वितरण गरिएको वडा अध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो । असक्तहरुको हकमा भने वडा अध्यक्ष तिमल्सिनाले आफै घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नुभएको छ ।आर्थिक मन्दीको अवस्थामा जनप्रतिनिधि आफै वृद्धवृद्धाको घरमा पुगेर भत्ता वितरण गरेर वडा अध्यक्ष तिमल्सिनाले सर्वसाधारणलाई स्थानीय सरकारको अनुभूति गराएको स्थानीय रामलाल स्याङतानको भनाइ छ । विगतमा पनि सामाजिक सुरक्षा भत्ता वितरण हुने गरेकोमा जनप्रतिनिधिले घरमै पुगेर वितरण गरेको भने यो पहिलो पटक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here