जियालाल चौधरी
कोल्हवी – कोल्हवी नगरपालिकाले वडा नम्बर १ बाट छोरी शिक्षा बिमा शिविर शनिबारदेखि सुरू गरेका छन् । प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउत गद्दीले ल्याएका बेटी पढाउ , बेटी बचाउ कार्यक्रम अन्तरगर्त २०७५ माघ १ गते देखि जन्मेका छोरीहरूको नगरपालिकालेे बिमा गर्ने भएकाले शिविर संचालनमा ल्याएका बारे कोल्हवी नगरपालिकाका नगर प्रमुख भरत बहादुर भण्डारीले जानकारी दिए ।
शनिबार नगरपालिकाको वडा नम्बर १ को वडा कार्यालयबाट छोरी शिक्षा बिमा शिविर संचालनमा ल्याईएका बारे नगर प्रमुख भण्डारीले बताए । त्यसैगरी आईतवार नगरपालिकाको वडा नम्बर ६ प्रसौनामा शिविर संचालन गर्ने बारे कोल्हवी नगरपालिकाका प्रशासकीय अधिकृत हरेन्द्र कुमार श्रेष्ठले सुनाए ।
प्रशासकीय अधिकृत श्रेष्ठका अनुसार नगरपालिकाको ११ वटा वडामा शिविर संचालन गर्ने कार्यक्रम रहेको जनाए । २०७५ माघ १ गते देखि जन्मेका छोरीहरूको अनिवार्य बिमा गराउन नगरबासीसँग आग्रह गरेका छन् । साथै बिमा गराउन छुटेकाहरूले सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजात सहित उपस्थिति हुन प्रशासकीय अधिकृत श्रेष्ठले आग्रह गरेका छन् ।