वास्तवमा दुर्तमार्ग अथवा फाष्टट्याक नेपालीहरुका लागि अब एक सपना भइसकेको छ । तराई मधेशका नागरिकहरुका लागि त अब यो एक जीवन नै हो ।बाराको निजगढ क्षेत्रका स्थानीयहरुको लागि त यो एक अपरिहार्य कुरा नै भएको छ । किनभने यो बाटो बन्ने भनेकै शुरुवाती बिन्दु यही निजगढ हो र सबैभन्दा बढी फाइदाको हकदाबी पनि यहीका बासिन्दा हुने नै हुन् ।

यो हिसावले पनि बाराको निजगढका नागरिकहरुले त मज्जाले दिल खोलेर सहयोग गर्न आवश्यक देखिन्छ । होला,निजगढ क्षेत्रमा पनि समस्या होलान् ।बाटो बनाउदै गर्दा समस्या हुन्छन् नै । बिग्रने, भत्कने पनि हुनसक्छ तर यसो भन्दैमा बाटोका लागि धेरै बाहना नगरेको राम्रो हुन्छ । एक त यसैपनि विभिन्न बाधा अड्चनहरु सृजना भएका छन् । त्यसैमा पनि फेरि प्रस्थान बिन्दुकै नागरिकहरुले यो वा त्यो माग राख्ने हो भने फेरि पनि तोकिएको समयमा यो बाटो नबन्न पनि सक्छ । तत्काल आएका समस्या समाधान गरौं, तर बाटो बनाउने विषयमा धेरै जोरी नखोजौं ।

समस्या त वास्तवमा हुन्छन् नै । अहिले धेरै समस्याको चांग देखाएरभन्दा पनि यो मार्ग बन्ने र बनाउनमा नै बढी ध्यान केन्द्रित गराउन र हुन आवश्यक छ । निजगढवासीको बढी यसमा सहयोग रहेको खण्डमा भने देशका अन्य विशेषगरी ललितपुर क्षेत्रका नागरिकहरुका लागि दबाब हुनेछ । एकदमै चर्को समस्या त राख्न परी नै हाल्यो तर झिनामसिनामा भने समस्या सृजना नगर्दा नै उचित होला ।

 

Leave a Reply