आरके राजन

सिम्रौनगढ,सिम्रौनगढमा आयोजित श्री महालक्ष्मीनारायण महायज्ञ पुर्णावतीको पूर्वसन्ध्यामा बुधवार अष्टम दिवसको अवसरमा साँझकालिन दीप पूजा आयोजना गरिएको छ । बुधवार नै प्रातकालिन र अनुर्णा पूजा पनि गरिएको थियो ।साँझकालिन दीप महोत्सवमा सवा लाख दीप जलाइएको थियो । यसका लागि बिहानैदेखि महिला र पुरुष युवा तथा विद्यालयका छात्र छात्राले रङशालास्थलमा रंगोली बनाएर साँझ ६ः३० बजे दिप प्रज्वन गरिएको हो ।रामायणमा वर्णन गरिएअनुसार भगवान राम १४ वर्ष वनवासबाट अयोध्या फर्किने बेला अयोध्याबासीले दीप प्रज्वलन गरेका थिए । त्यसैको संझनामा भगवानको स्वागत स्वरुप सवा लाख दीप प्रज्वलन गरि दीप पूजा गरिएको हो ।सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरीप्रसाद कलवार र पूर्ववडा अध्यक्ष राजेश यादवको सक्रियता एवंम स्थानीयको सहयोगमा आयोजित सो महायज्ञमा मुल पुरोहित यज्ञचार्य बिजयकुमार मिश्र तथा सहयोगी पण्डित संजय शास्त्री, अरबीन्द शास्त्री, संजिव पचौडी, जितेन्द्र पाण्डेय, सोनु पाण्डेय, सतिश पाण्डेय, लालबाबु तिवारी रहेका छन । दीप प्रज्वलन कार्यक्रममा स्थानीय भद्रभलादमी, महिला, पुरुष, बालबालिकासमेत गरी हजारौं सर्वसाधारणको सहभागिता रहको थियो ।

Leave a Reply