राजन कुमार बानिया
पोखरिया,पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ धर्मपुर मसिहानीमा आइतवार बाजागाजा सहित कलश यात्रा निकालिएको छ ।सोमवारदेखि शुरु हुने ९ दिने श्री विष्णु महायज्ञको पहिलो दिन कलश यात्रा निकालिएको आयोजकले जनाएको छ । आगामी जेठ १४ गतेसम्म चल्ने सो महायज्ञको पहिलो दिन आइतवार भव्य कलशसहितको शोभायात्रा पनि निकालिएको छ ।

महायज्ञ आयोजनास्थलबाट शुरु भएको कलशसहितको शोभायात्रा चिलझपटी, झाखर, मसिहानी, मधुवाहन, धर्मपुर गाँउ हुँदै मधुवाहा नदीमा पुगेर त्यहाँ पूजापाठ गरी जल भरेर जगरनाथपुर गाउँको परिक्रमा गर्दै पुनः महयज्ञ मण्डपमा पुगेर समापन भएको थियो ।
कलश तथा शोभायात्रामा ७ सय ५१ जना कुमारी कन्याका साथै करिब ४ हजार भक्तजन सहभागी भएको महायज्ञ संयोजक लालबाबु पटेलले बताउनुभयो । शोभायात्राले विभिन्न गाउँको परिक्रमा गर्ने क्रममा यात्रामा सहभागीहरुलाई ठाँउ–ठाँउमा विभिन्न व्यक्ति र संस्थाले चिसो सर्वत पानी, जुस, फलफूलहरु बाँडेका थिए ।शोभायात्रामा नेपाली कांग्रेसका केन्द्रिय सद्स्य एवंम पर्सा क्षेत्र नम्बर ४ का संघीय सांसद एवं पूर्व मन्त्री रमेश रिजालले ‘श्री बिष्णु महायज्ञ’ को जल यात्राको उद्घाटन गर्नुभएको हो । उक्त कार्यक्रमको अध्यक्षता जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले गर्नुभएको थियो । कार्यक्रमको विशिष्ट अतिथिमा मधेस प्रदेशको प्रथम मुख्यमन्त्री लालबाबु राउत रहनुभएको थियो ।
कार्यक्रममा प्रदेश सासंद शंकर चौधरी, रमेश पाण्डे, नवीन सिंह, बशिष्ठनारायण कुर्मी, गाउँपालिकाका प्रमुख प्रशासकीय कृष्णनन्दन यादव, वडा अध्यक्ष बिहारी नुनिया, शुभाष यादव, लक्ष्मी साह तेली, नेपाली कुशवाहा लगायत स्थानीय अगुवा नेता कार्यकर्ता एवं स्थानीयको उपस्थिति थियो ।
फोटो पनि छ ।


















