बिश्वका कयौं देशहरुमा चुनावी प्रतिस्प्रर्धामा रहेका व्यक्तिहरुका बीचमा बहस हुन्छ । टेलिभिजनमा हुन्छ, खुला रुपमा पनि हुन्छ र हुनुपर्दछ । अझै आफ्नै निर्वाचन क्षेत्रमा हुनुपर्दछ । जो जो उठेका छन्, उनीहरुले संयुक्त रुपमा जनताको प्रश्नको सामना गर्ने हो भने त्योभन्दा राम्रो चुनाव प्रचार केही हुदैन । आइतबार बिहानै एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सार्वजनिक बहसका लागि तयार रहेको कुरा गरेको केही समयमा नै केपी ओलीकै विरुद्धमा चुनावी मैदानमा उत्रिएका बालेन्द्र साहले भने सार्वजनिक बहसमा जान इच्छा नदेखाएको कुरा आयो ।
नेपालमा चैं अहिलेको उठेको सवाल बालेन र केपीसंग मात्र होइन, जो भावी प्रधानमन्त्री भनेर गएका छन्, उनीहरुलाई एकै ठाउँमा राखेर बहस गर्न खोजिएको हो । केही पत्रकारहरुले नै यसमा चासो देखाएका थिए र पहल गर्ने पनि बताएका थिए तर बालेनले स्वीकार नगरेपछि यो हस भएपनि त्यत्ति रोचक हुदैन नै । बालेन साहले आफू केपी ओलीसंग बहस नगर्ने भन्नुभएको छ । वास्तवमा उहाँले केपी ओलीसंग झन् बहश गर्नु पर्दथ्यो किनभने केपी र उहाँको चुनावी प्रतिस्पर्धा पनि त हदैछ ।
यस्तोमा ल बालेनकै भाषामा केपी ओली खराब मान्छे भए जनताका माझमा यो यो कारणले खराब भन्दा भइ नै गयो नि । तथ्य र प्रमाण आम नागरिकहरुका माझमा देखाउन सके त्यो एकदमै राम्रो बालेनका लागि नै हुने हो । बाहिर बाहिर गाली गर्ने अनि बहसमा डराउने वा म ऊसंग गर्दिन भन्ने त्यो निषेधको कुरा भयो । मान्नुस्, केपी ओली विजय भएर एमालेले बहुमत नै ल्यायो भने के बालेनले देश नै छाड्ने हो ? त्यसैले केपीलाई घमण्डी भन्दै गर्दा आफू त्यही बाटोमा हिड्ने हो भने नयाँ र पुरानामा के फरक रह्यो र ?
















