पुष्पराज खतिवडा
बारा
५ जेष्ठ २०७८
होटल तथा पर्यटन ब्यवसायी महासंघ प्रदेश २का महासचिव मोहन शर्मा लामिछानेले जन्मदिनको अवसर पारे आफ्नो होटल कोभिड अस्पतालका लागि निःशुल्क दिने घोषणा गरेका छन् । बुधरबार परेको आफ्ने ४७ औं जन्मदिनको अवसरमा फेसबुक मार्फत जिल्लाको जितपुरसिमरा उपमहानगरपालिको सिमरामा रहेको होटल सगुन लकडाउन अवधि भरी कोरोना विमारीको सुविधाका लागि दिन चाहेको बताएका हुन् ।
हाल कोभिड १९ को दोस्रो भेरियन्टको कहर बढ्दै गैरहेको अवस्थालाई मध्यनजर गर्दै आफु संलग्न जितपुरसिमरा नगर उद्योग बाणिज्य संघ मार्फत आफ्नो होटल निःशुल्क उपलब्ध गराउने घोषण गरे । होटल सगुनमा आईसियु र आईसोलेशन संचालन गर्न मिल्ने सुविधा सम्पन्न १५ कोटा र करिव ३० बेड रहेको शर्माले बताए ।
शर्माले ४७ औ जन्मदिनको अवसर पारेर आफुले माध्यामिक तह सम्मको अध्ययन गोर्खाको भिमोदय माध्यमिक विद्यालयको बिद्यार्थी छात्रवृत्ति अक्षय कोषमा ४७ हजार रकम सहयोग गर्ने घोषण गरे ।
यस्तै कोविड १९ को दोस्रो भेरियन्टबाट सुरक्षित रहन हौसला र सम्झना स्वरुप २१ रकम बराबरका हेण्ड वास, माक्स, सेनिट्राईजर, औषधि , अक्सोमिटर लगायतका स्वास्थ्य सामाग्री समेत विद्यालयलाई उपलब्ध गराउने शर्माले जानकारी दिए ।
होटल संचालक समेत रहेका पर्यटन ब्यसायी शर्मा सामाजिक कार्यमा समेत सक्रि रहँदै आउका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here