आरके राजन

सिम्रौनगढ,सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ मा पर्ने खजानी र झवानी गाउँको बीचमा बुधवार बिहान अज्ञात व्यक्तिको शव फेला परेको छ ।नेपाल÷भारत सीमाको दशगजा क्षेत्रभन्दा आधा किलोमिटर उत्तरतर्फ झवानी र खजानी गाउँको बिचमा स्थानीयले सडक छेउमा रहेको घिरौला बारीमा हात, खुट्टा र लिङ्ग डोरीले बाँधिएको र मुखमा माटो कोचेको आवस्थामा शव फेला परेका थिए । शव नङ्गन अवस्थामा शव फेला परेको हो ।स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट पुगेको प्रहरी टोलीले घटनास्थलमा शिल गरेर मुचुल्का तयार पारी अनुसन्धान कार्यअघि बढाएको छ ।

Leave a Reply