वीरगन्ज,वीरगन्जबाट रुपन्देहीतर्फ जाँदै गरेको मालवाहक ट्रकबाट प्रहरीले ६२ लाखभन्दा बढीको औषधी तथा खुद्रा सामग्री नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघरस्थित सडकखण्डबाट ६२ लाख ८ हजार ५९३ रुपैयाँ बराबरको सामग्री नियन्त्रणमा लिएको हो ।बिलविजक भन्दा बढीको औषधी तथा खुद्रा मालबस्तु लोड गरिएको ना.४ ख ८७४० नम्बरको मालवाह ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिनुभयो ।प्रहरी नायब उपरीक्षक बुढाथोकीका अनुसार नियन्त्रणमा लिइएका सामग्रीलाई ट्रकसहित राजस्व कार्यालय पथलैया बारामा बुझाइएको छ ।

Leave a Reply