सिकिन्द्र साह
सिम्रौनगढ,गुराँस लाइफ इन्स्योरेन्स गौर शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका वडा नं. १० देवापुर टेटा निवासी रतन दासको श्रीमती धनमती देबीलाई गुराँस लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गरेको हो ।कम्पनीका गौर शाखा प्रमुख उमेश झाले एक कार्यक्रमका बीच धनमतीलाई ३ लाख ९५ हजार १६६ रुपैयाँ हस्तान्तरण गर्नु भएको हो । श्रीमान रतनदास तत्माले केही दिनअघि गुराँस लाइफ इन्स्योरेन्सबाट जीवन बिमा गराउनु भएको थियो । उहाँको हेटौंडाबाट घर फर्केनै क्रममा मोटरसाइकल दुर्घटना परी मृत्यु भएको थियो । बिमाबापतको रकम परिवारलाई हस्तान्तरण गरिएको झाले बताउँनुभयो ।



















