कलैया,जनता समाजवादी पार्टी नेपाल बारा जिल्ला समितिको अध्यक्षमा रामबाबुप्रसाद यादव चयन हुनुभएको छ ।यादवको अध्यक्षतामा ९ जना पदाधिकारीसहित १ सय १ सदस्यीय कमिटी गठन भएको हो । नवगठित समितिको उपाध्यक्षमा धर्मवीर यादव, हेमराज भट्टराई र बविता साह चयन हुनुभएको छ ।त्यसैगरी सचिवमा मुर्तुजा अंसारी चयन हुनुभएको छ ।त्यसैगरी सहसचिवमा पनि मुकेश पाण्डे, श्यामबाबु यादव र शम्भु गुप्ता गरि ३ जना रहेका छन । कोषाध्यक्षमा विनोद यादवलाई चयन गरिएको छ । यसैगरी कार्यकारिणी सदस्यमा लक्ष्मी यादव, विन्दा साह, शंकर यादव, शेषनाथ कुश्वाहा, सुरेश चौधरी, ताहिर अंसारी, रामलाल यादव, प्रद्युमन यादवलगायत रहनुभएको छ ।केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा २०७९ माघ १८ गते सम्पन्न बैठकको निर्णयअनुसार जिल्ला कमिटी गठन भएको सो पार्टीले शुक्रवार जानकारी दिएको हो ।पार्टीको केन्द्रिय समिति, प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु, पालिका समितिका अध्यक्ष तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको संयुक्त बैठकले यसअघिको जिल्ला समिति विघटन गरि तदर्थ कमिटी बनाएको हो ।पार्टीको परामर्श समितिको सिफारिसमा पार्टी सुदृढीकरण गर्न नयाँ जिल्ला समिति गठन गरिएको जसपा नेपालका महासचिव एवम् बारा क्षेत्र २ का प्रतिनिधि सभा सदस्य रामसहाय यादवले जानकारी गराउनुभयो ।


















