सिमरा,राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको नेतृत्वमा काठमाडौंको माइतीघरमा जारी आन्दोलनलाई समर्थन जनाउँदै सिमराका युवाले आइतबार पनि प्रदर्शन गरेका छन् ।‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक जनआन्दोलन’ को नारा लिएर माइतीघरको सडकमा धर्नामा बस्नुभएका पुनको आन्दोलनमा समर्थन र ऐक्यवद्धता जनाउँदै युवाले प्रदर्शन गरेका हुन् । युवाहरुले पुनको आन्दोलनमा एक्यवद्धता जनाउदै शनिवार पनि सिमरा र पथलैयामा प्रदर्शन गरेका थिए ।स्थानीय युवाले सिमरामा प्लेकार्डसहित प्रदर्शन गर्दै पुनले उठाएका मागलाई सम्बोधन गर्न माग गरेका छन् । शनिबारदेखि सिमरामा युवाले प्रदर्शनलाई निरन्तरता दिएका हुन् । उनीहरुले दैनिक एक घण्टा सिमराको चोकमा प्रदर्शन गर्दै आएका छन् ।

Leave a Reply