राजन कुमार बानिया
पोखरिया,पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ५ मा वडा अध्यक्ष मनाऊर अहमदको पहलमा किरण आँखा अस्पतालको टोलीद्वारा निःशुल्क आँखा जाँच शिविर आयोजना गरिएको छ।शिविरमा २४८ जना आँखाका रोगीहरूको जाँच गरिएको थियो। जसमध्ये ८० जना बिरामीमा मोतियाबिन्दुको समस्या पाइएको छ। शिविरबाट ग्रामीण क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरू लाभान्वित भएका छन ।शिविर सफल बनाउन किरण आँखा अस्पतालका चन्दन सहनी र समाजसेवी शम्भु पटेल, सुरेन्द्र पटेल, विद्यार्थी पटेल र स्वास्थ्यकर्मी ओमप्रकाश साहले सहयोग पु¥याएका थिए।

Leave a Reply