वीरगञ्ज,सशस्त्र प्रहरीले वीरगञ्जका विभिन्न स्थानबाट १० लाखभन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामग्री बरामद गरेको छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको मोवाईल टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ रेल्वे रोडबाट भन्सार छलीका सामग्री बरामद गरेको हो ।
कुनै किसिमको कागजात तथा प्रज्ञापन पत्र नभएको अवस्थामा ८ लाख ४० हजार मूल्य बराबरको कुर्ता सुरुवाल ८५ सेट, टप्स ७५० पिस, ७६ जोर जुत्ता, काजु २३० किलोग्राम लगायतका सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले जानकारी दिनुभयो ।


















