जीतपुर,बाराको जीतपुर बजारमा मंगलवार राती अत्याधिक मदिरा सेवन गरेका एक जनाको नालामा खसेर मृत्यु भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा मदिरा सेवन गरेका एक जना पुरुषको नालामा खसेर मृत्यु भएको हो ।करिब ४५ वर्षको पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ । मृतकले अत्याधिक मात्रामा रक्सी सेवन गरेका कारण स्ल्याब ढलान नभएको नालामा खसेर मृत्यु भएको प्रहरीको भनाइ छ ।बुधवार बिहान नालामा शब देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्लास्टिकको सामानहरु बटुलेर बिक्री गर्दै आएको ती पुरुषको पहिचान भने अहिलेसम्म खुल्न नसकेको प्रहरीले बताएको छ ।स्थानीयका अनुसार उनले सधैँजसो मदिरा सेवन गर्ने गरेको बताएका छन । रक्सी सेवन नगर्न सल्लाह दिदा पनि उनले अटेर गर्दै आएको एक स्थाानीयवासीले बताएका छन । मृतकको घर भारतको बगाहामा भएको स्थानीयको भनाइ छ । मृतकको शब पोस्टमाटमको लागि वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here