नरेश गुप्ता

बरियारपुर,बाराको महागढीमाई नगरपालिका वडा नम्बर २ बरियारपुरमा शुक्रबारबाट महिलाहरुको पाठेघर सम्बन्धि दुईदिने जनचेतनामूलक कार्यक्रम शुरु भएको छ ।

मुनलाईट स्टार क्लब महागढीमाईको आयोजना र महागढीमाई नगरपालिकाको आर्थिक सहयोगमा महिलाहरुको पाठेघर सम्बन्धि दुईदिने जनचेतनामूलक कार्यक्रम सुरु गरिएको हो ।

महिलाहरुको आंङ्ग खस्ने समस्या, पाठेघरको क्यान्सर र गर्भवती अवस्थामा हुने विभिन्न किसिमका समस्याको बारेमा अनमी प्रियाकाकुमारी रजकले सहभागी महिलाहरूलाई प्रशिक्षण दिइरहनु भएको छ ।

मुनलाईट स्टार क्लबका अध्यक्ष जयराम कुशवाहाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा महागढीमाई नगरपालिका कार्यालयका योजना शाखा प्रमुख महेन्द्र कुशवाहा, वडा सद्स्य जलान्धर कुशवाहा, संस्थाका सचिव जियालाल कुशवाहा, बरियारपुर स्वास्थ चौकीको सुभास बैठालगायत संचारक्रर्मीहरुको सहभागिता रहेको थियो ।

फोटो पनि छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here