नरेश गुप्ता

बरियारपुर – कोरोना कोभिड १९ को संक्रमण रोकथाम गर्ने उदेश्यले बाराको महागढीमाई स्थित बनाईएको क्वारेन्टाइनमा ८ जना शंकास्पद ब्यक्तिलाई राखेर निगरानी गर्दै छ ।  महागढीमाई स्वास्थ शाखा प्रमुख  बिजय कुशवाहा लगायतको चिकित्सकहरुको टोलिले चैत्र १३ गते देखि  महागढीमाई ६ स्थित श्री नेपाल  राष्ट्रिय माध्यमिक  बिधालय बबुवाईनमा बनाईएको क्वारेन्टाइनमा विभिन्न  ठाउँबाट आएको  ३ सय  ८९ जनालाई  हालसम्म  चेकजाँच  गरिएको जसमध्ये ८ जनालाई बिगत १४ दिन देखि निगरानी  गरि क्वारेन्टाइनमा राखिएको  स्वास्थ शाखाको अजय सिहले बताए ।

 

 

 

 

बिगत २ हप्ता देखि बस्दै आएको  ८ जनालाई आर डि टि गरिएकोमा  सबैजनाको  नेगेटिभ आएको निगरानी गर्दै आएको चिकित्सक  शिवसंकर यादवले बताए । क्वारेन्टाइनमा बसेकोलाई खाना , नास्ता , बस्न ,सुत्न सोसल डिसटेनसिप अपनाईएको र प्रत्येक दिन कोरोना कोभिडको लक्षण चेकजाँच  गरिएको  यादवले बताए ।  बाराको कलैया उपमहानगरपालिका २२ , प्रसौनी गांउपालिका २ , परवानिपुर ५  कलैया  उपमहानगरपालिका १९ बरवा बाट आएको  मुस्लिमहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।

 

 

 

 

क्वारेन्टाइनमा बसेकोलाई चिकित्सक , नगर प्रहरी  , नेपाल  प्रहरीको टोलिले नियमित  निगरानी  गर्दै आएको छन् । कोरोना कोभिड १९ को संक्रमणबाट वचन नियमित  साबुन पानीले हात धुन , सेन्टिईजर , मास्क  लगाउन पर्ने चिकित्सकले सल्लाह दिदै आएको छ ।  कोरोना कोभिडको भाईरस हाम्रो स्वास नलिमा प्रवेश गरि फोक्सोमा जाने भएकोले त्यसको रोकथामको लागि हरेक १५ मिनेटमा  तरल पदार्थ  पानी , दूध सेवन गर्न चिकित्सक शिवसंकर यादवले बताए ।

 

 

 

 

यसो गर्दा हाम्रो स्वास नलिमा भएको कोरोना भाईरस सिधा पेटमा जाने र त्यसलाई पेटको ग्यासले मार्ने भएको कारण मन तातो पानी खान चिकित्सकले सधै सल्लाह दिदै आएको  छन् । कोरोना कोभिड १९ को संक्रमण फैल्न नदिन साबुन पानीले हात मिचिमिची धुन , हाक्ष्यु गर्दा केहुनाले मुख छोप्न , माद्क प्रयोग गर्न , सोसल डिसटेनसिप अपनाउनु  , माछा मासु राम्रोसँग  पकाएर  खानु नितान्त  जरुरी  रहेको चिकित्सकहरुले सबैलाई आग्रह  गर्दै आएको  छन् ।

Leave a Reply