काठमाण्डौ – फ्रान्स र जमैका फिफा महिला विश्वकप फुटबल २०२३ को अन्तिम १६ मा पुगेका छन् ।बुधवार अस्ट्रेलियाको अलिनाज स्टेडियममा भएको खेलमा फ्रान्सले पनामालाई ६–३ गोलले हरायो । फ्रान्सका लागि कदिदियातोउ दियानीले ह्याट्रिक गरिन् । यस्तै मेली लकरार, लिया ली र विकी बेचोले १÷१ गोल गरिन् ।पनामाका लागि मार्टा कोक्स, योमिरा पिन्जोन र लिनेथ सिडेनोले गोल गरिन् । यो खेलमा ३ वटा पेनाल्टी दिइएको थियो ।यो जितसँगै फ्रान्स ७ अङ्कसहित समूह ’एफ’ को विजेता बनेको छ । पनामा अङ्कविहीन हुँदै पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ ।यस्तै बुधवार यही समूहको अर्काे खेलमा ब्राजिलसँग गोलरहित बराबरी खेल्दै जमैका अन्तिम १६ मा पुगेको छ । जमैका ५ अङ्कसहित समूहको उपविजेता बन्दा ब्राजिल ४ अङ्कसहित तेस्रो स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here