कृष्ण मोहन साह
सेढवा,नेकपा एमालेले ठोरी गाउँपालिका वडा नम्बर ४ आठघरेमा वडा कमिटी गठन गरेको छ । शनिबार भएको पार्टी कार्यकर्ता भेलाले दिलबहादुर श्रेष्ठकोे अध्यक्षतामा वडा कमिटी गठन गरेको हो । नव गठित कमिटीको सचिवमा रामकाजी स्याङ्बो चयन हुनुभएको छ ।
जिल्ला अध्यक्ष सहितको उपस्तिथिमा सम्पन्न भेलाले १०१ सदस्यीय कमिटी चयन गरेको एमाले ठोरीका कार्यदल सदस्य तिलक श्रेष्ठले बताउनुभयो ।
साथै भेलाले नीरबहादुर बोम्जनको अध्यक्षतामा १०१ सदस्यीय राष्ट्रिय युवा संगठन गठन गरेको कार्यदल सदस्य राजेश लामाले बताउनुभयो ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २०० जना भन्दा बढी एमालेमा पवेश गरेको एमाले ठोरी गाउँपालिकाका सह–इन्चार्ज लालबहादुर श्रेष्ठले बताउनुभयो ।
बिजयबस्तीका अगुवा नरबहादुर श्रेष्ठ, हार्डवेयर व्यबसायी लालबहादुर श्रेष्ठ, मिलचोकका अगुवा रामबहादुर पाख्रिन, शरणटोलका अगुवा मोहन सिजाली मगर, निर्मलबस्तीका लकालाल गोले, सुकबहादुर पाख्रिन, ठोरी गापा वडा नम्बर २ का दिलबहादुर गुरुङ लगायतकाले एमाले प्रवेश गरेका हुन । नवप्रवेसीहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा एमाले पर्साका अध्यक्ष प्रभु हजरा, संविधानसभा सदस्य जयप्रकाश थारु लगायतले टीका तथा खादा लगाएर पार्टीमा स्वागत गर्नु भएको थियो ।
एमाले वडा नम्बर ४ का अगुवा शरण मगरको सभापतित्व तथा एमाले पर्सा अध्यक्ष प्रभु हजराको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमका बिशिष्ट अतिथिहरुमा संबिधानसभा सदस्य जयप्रकाश थारु, एमाले पर्साका सचिब मनोजकुमार गुप्ता, नेता लेखमान थापा, एमाले ठोरी इन्चार्ज गंगाबहादुर खड्का, सह–इन्चार्जहरु ठाकुर न्यौपाने, लालबहादुर श्रेष्ठ र एमाले ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठ रहनु भएको थियो भने अतिथिहरुमा आशिष सामाजिक सेवा नेपालका संयोजक रोशन सुनार, नेराशिसं ठोरी अध्यक्ष गोपिलाल श्रेष्ठ, सचिव निमा तामाङ, पत्रकार ओम प्रकाश चौधरी लगायत एमाले ठोरीका कार्यदल सदस्यहरू तथा पार्टीका बिशिष्ट व्यक्तित्वहरु रहनु भएको थियो ।
कार्यदल सदस्य तारानाथ ढुङ्गेलले संचालन गरेको कार्यक्रममा ठोरी ४ मा रहेका एमालेका अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।