वीरगन्ज,अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतबाट दोषी ठहर भएका पर्साका एक व्यक्तिलाई प्रहरीले काठमाडौंको तिलगंगाबाट पक्राउ गरेको छ ।

पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर– ६ शंकरसरैया घर भएका ५६ वर्षीय प्रयाग चौधरीलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त गौशालासँगको समन्वयमा आइतबार पक्राउ गरेको हो ।

चौधरीसहितको समूहले २०६७ फागुन २४ गते भारत बिहारका २० वर्षीय सञ्जयकुमार यादवलाई अपहरण गरी बन्धक बनाएको अभियोग थियो । पर्सा जिल्ला अदालतले उक्त मुद्दामाथि २०७० माघ १० गते फैसला गर्दै चौधरीलाई ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो । पक्राउ परेका चौधरीलाई पर्सा जिल्ला अदालतमा बुझाउने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply