कलैया,भारतीय नागरिक प्रवेश कुमार क्षेत्री (आचार्य) ले झूटो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा जिल्ला प्रशासन कार्यालय, बारा र जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी परेको छ ।बारा जिल्ला महागढीमाई नगरपालिका– ८ निवासी प्रमोदप्रसाद चौरसियाले प्रवेशविरुद्ध अनुसन्धान गरी आवश्यक कारबाही गर्न माग गर्दै उजुरी दिनुभएको हो ।
उजुरीअनुसार भारतको उत्तर प्रदेश राज्य, वाराणसीस्थित भगवानपुर आंशिक निवासी गौरीशंकरका छोरा प्रवेश आचार्यले झूटो विवरण पेश गरी नेपालमा ‘क्षेत्री’ थर उल्लेख गर्दै नागरिकता लिएको आरोप छ । चौरसियाले वाराणसीमा रहेकोशन कार्ड, मतदाता परिचयपत्र तथा शपथपत्रको प्रतिलिपि संलग्न गर्दै प्रवेशले नेपालमा दुई फरक वडाबाट अलग–अलग नम्बरको नागरिकता प्रमाणपत्र लिएको दाबी गर्नुभएको छ ।

जाहेरीमा उल्लेख भएअनुसार प्रवेश कुमार आचार्यले साविक बरियारपुर गाविस– २ ठेगाना उल्लेख गरी नागरिकता प्रमाणपत्र नम्बर २८ लिएका छन् भने सोही गाविस– ८ ठेगाना उल्लेख गरी ना.प्र.प. नम्बर १२५९-१२५९ को नागरिकता लिएको प्रमाणसमेत पेश गरिएको जनाइएको छ ।

त्यसैगरी, उजुरीमा आचार्यकी पत्नी उषा आचार्य र छोरा सुमित आचार्यको भारतीय निर्वाचन आयोगबाट जारी पहिचानपत्र र शपथपत्रको फोटोकपी समेत संलग्न गरिएको बताइएको छ ।
सम्बन्धित निकायले उजुरी दर्ता भइसकेको र प्रस्तुत कागजातका आधारमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइने जनाएको छ ।
फोटो पनि छ ।

Leave a Reply