कृष्णमोहन साह
सेढवा, १ भदाैँ– पर्साको जीराभवानी गाउँपालिका वार्ड नम्बर ४ का वडा अध्यक्ष सुभाष राउत थारुका छोरा शशिकान्त राउत थारु लागुऔषधसहित शनिबार बेलुका पक्राउ परेका छ्न ।
सरकारी नम्बर पलेटको ना १ ब ३५९० नम्बरको मोटरसाइकल चेकजाँच गर्दा नाईट्रोभेट ट्याबलेट ४० पिस, कोटिन फ्रलेक्ट पि सिरप ८ पिस, स्टाम्पो २ पिससहित थारुलाई पक्राउ गरिएको प्रहरी चौकी महादेवपट्टिका सहायक प्रहरी निरीक्षक सिकेन्द्र पान्डेले जानकारी दिनुभयो ।
थारुलाई जीराभवानीपुर गाउँपालिकाको वडा नं. १ मा पर्ने ओरिया खोला किनारबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका थारुलाई मोटरसाइकल र लागुऔषधसहित आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यलय पर्सामा पठाइएको प्रहरी सहायक निरीक्षक पान्डेले बताउनुभयो ।