उमेश घलान

रतनपुर,सुकुम्बासीहरुको मुद्दा हरेक चुनावमा उठ्ने गर्छ । जग्गा धनीपुर्जा दिने आश्वासन दिने गरिन्छ । तर चुनाव सकिएपछि ती विषय घोषणमा मात्र सिमित हुन्छन् । सरकार फेरिन्छन । तर सुकुम्बासीहरुको समस्या ज्यूका त्यू हुन्छ । सुकुम्बासीहरु सँधै आशामा मात्रै बस्छन् । सुकुम्बासीहरु नेताहरुको भोट बैंकको रुपमा मात्रै प्रयोग हुने गरेका छन् ।तर पछिल्लो समयमा नेपाल सरकारले भूमि सम्बन्धी समस्या समाधान गर्ने आयोग गठन गरेर यसको समाधान गर्ने कामका अग्रसरता देखाएको छ । तर आयोगले आफ्नो कामलाई निरन्तरता दिइरहेको छ र अहिले देशका विभिन्न स्थानका सुकुम्बासीहरुले पनि जग्गा धनीपुर्जा प्राप्त गर्न थालेका छन् ।बाराको निजगढ नगरपालिका वडा नम्बर १३ मा सोमवारदेखि त्यहाँका अव्यवस्थित तथा सुकुम्बासीहरुलाई जग्गाको धनीपुर्जाको आधार निस्सा वितरण शुरु भएको छ । बुधबार पनि निजगढ १३ वडा कार्यालयमा धनीपुर्जा प्राप्त गर्न आवश्यक पर्ने दर्ता नम्बर अर्थात निस्सा वितरण गरिएको हो ।निजगढ नगरपालिका वडा नम्बर १३ भक्तलालमा पहिलो पटक निस्सा वितरणको काम सुरु भएको हो । वडा कार्यालयले यसअघि नै जिल्ला आयोगको आह्वानमा सूचना जारी गरेर यहाँ रहेका अव्यवस्थित, भूमिहिन, दलित तथा पिछडा वर्गलाई आफू बसेको जमिनको अवस्थाको बारेमा निवेदन दिन आह्वान गरेको थियो । उक्त सूचनाका आधारमा वडा कार्यालयको सम्पर्कमा आएका भूमिहिन, सुकुम्बासीहरुको फर्म भरियो । फर्मलाई कम्प्यूटरमा प्रविष्ठ गरियो र त्यो प्रविष्ठ नम्बर अर्थात निस्सा वितरण गरिएको वडा नम्बर १३ का वडाध्यक्ष सुर्य घलानले जानकारी दिनुभयो । उहाँका अनुसार यो वडामा रहेका ७ सय ४३ मध्ये अहिले पहिलो चरणमा कम्प्यूटरमा प्रबिष्ट गरिसकिएका ६०० सय घरधुरीले निस्सा प्राप्त गरेका छन् । बाँकीको कम्प्यूटरमा प्रविष्ट गर्ने काम भइरहेको र त्यो सकिने बित्तिकै उनीहरुलाई पनि वितरण गरिने वडाध्यक्ष घलानले बताउनुभयो ।निस्सा वितरणको क्रममा वडाध्यक्ष घलानले निस्सा प्राप्त गरेपछि अब जग्गा धनीपुर्जा प्राप्त गर्ने प्रक्रियामा प्रवेश गरेको बताउनु भयो । आधिकारिक रुपमा अब भूमिहिनहरुले जग्गा प्राप्त गर्ने आधार तयार भएको उहाँले बताउनुभएको छ । बारामा निस्सा वितरणको काम विगत देखिनै चलिरहेको बताउँदै उहाँले निजगढ १३ भक्तलालमा भने यो काम ढिला भएको उल्लेख गर्नु भयो । यद्यपि पछिल्लो पटक निर्वाचित भएर आएका जनप्रतिनिधिको सक्रियताका कारण कामले तीव्रता पाउन थालेको पनि उहाँको भनाइ छ ।निस्सामा दाबी गरिएको शत प्रतिशत जमिन प्राप्त हुन सक्ने वडा अध्यक्ष घलानले भन्नु भयो तर के कति हुन्छ नापी र मालपोतका प्राविधिकहरुको नाप चाँज गरेर उपलब्धताको आधारमा सबैलाई अनिवार्य जग्गा वितरण गरिने छ । निस्सा वितरण हुन थालेपछि अबको केहि समयमै धनीपुर्जाको लागि प्रक्रिया सुरु गरिने उहाँले जानकारी दिनुभयो । सुकुम्बासीहरुको लामो समयदेखिको प्रतिक्षाको घडी समाप्त हुने र सबैको आफ्नो घरमा बस्न पाउने अधिकार सुनिश्चित हुने उहाँले उल्लेख गर्नु भयो ।यद्यपि सरकारले बनाएको भूमि आयोगसँग सहकार्य गरेर जतिसक्दो चाँडो धनीपुर्जा वितरण गर्ने काम पनि गरिहाल्ने जानकारी दिनुभएको छ । निस्सा वितरणको काम सकिएपछि धनीपिर्जा पनि वितरण गर्न सकिने बारा जिल्ला सुकुम्बासी आयोगका विज्ञ सदस्य केदार गौतमले जानकारी दिनुभयो । निस्सा वितरण सहजीकरण समितिका सदस्य तथा वडा सदस्यहरु सुर्यबहादुर थोकर, दीपक न्यौपाने, फुलमाया स्याङ्तान, धनकुमारी विक, वडा सचिव विष्णुलाल श्रेष्ठ, कार्यालय प्राविधिक जीवन लामा, सहजीकरण सदस्यमा तनुजा लो, विजयमान मोक्तान लगायतको सयोग रहेको थियो ।


















