काठमाण्डौ – जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा–२ वाट विजयी उपेन्द्र यादवलाई बधाई दिनु भएको छ । गएको आइतबार भएको उपचुनावमा विजयी भएका जसपा अध्यक्ष यादवलाई राउतले बधाई दिनु भएको हो ।उपचुनावमा जसपा र जनमत पार्टीबीच मुख्य प्रतिस्पर्धी भएको थियो । जसपाका यादवले २८ हजार ४ सय १५ मत ल्याएर विजयी हुँदा जनमतका शिवचन्द्रप्रसाद कुशवाहाले २३ हजार ३ सय ३४ मत पाउनु भएको छ ।यस अगाडि मंसिर ४ मा भएको चुनावमा सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष राउतसँग यादव पराजित हुनुभएको थियो ।निर्वाचन आयोगले मदतादनको मिति घोषणा गरेपछि जनमतका अध्य राउत आफ्नो पार्टीका उम्मेदवारलाई विजयी तुल्याउन बारामा आउनुभएको थियो । राउत क्षेत्र नम्बर २ का सबै गाउँगाउँमा पुगेर चुनाव प्रचारमा सक्रिय बन्नुभएको थियो ।


















