वीरगञ्ज,वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२, टेढा गाउँमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय भगन माझीका १५ वर्षीय छोरा शिवशंकर माझी रहेका छन् ।प्रहरीका अनुसार, बुधवार बिहान करिब ४ बजे शिवशंकर आफ्नै घरमा सुतिरहेका बेला अचानक चट्याङ परेको थियो । चट्याङ लागेपछि उनलाई सास फेर्न गाह्रो भयो र उनी घरबाट निस्किएका थिए । घरबाट १४÷१५ कदम हिँडेपछि उनी लडेर बेहोस भएका थिए ।घटनास्थलमा आएका गाउँका स्वास्थ्यकर्मीले शिवशंकरलाई जाँच गर्दा उनको मृत्यु भइसकेको घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले शिवशंकरको शव पोस्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा राखिएको जानकारी दिनुभयो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply