जियालाल चौधरी,

कोल्हबी,बाराको कोल्हबी नगरपालिका वडा नम्बर ६ प्रसौनामा आयोजना हुन लागेको दोस्रो मेयर कप भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको छ ।

सनसाइन युथ क्लब प्रसौनाको आयोजनामा शनिवार भएको पत्रकार सम्मेलनमा दोस्रो मेयर कप भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो । फाल्गुन २५ गतेदेखि सुरु हुने सो प्रतियोगिता फागुन २७ गतेसम्म चल्ने भएको छ ।

अनुमानित ६ लाख ८५ हजारको लागतमा हुन लागेको सो प्रतियोगितामा समाजसेवा युबा क्लब जुगवा, सत्यसाइ युबा क्लब बसतपुर, जनजागृति महिला तथा पुरुष उत्थान केन्द्र मिलन चौक, जन शक्ति क्लब कोल्हबी, भदौरा युबा क्लब पर्सा, सागरमाथा युबा क्लब पोता, बिकास युबा क्लब गडहल र आयोजक गरि आठ वटा टिमहरुको सहभागिता रहने सो अवसरमा जानकारी गराइएको थियो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार, ट्रफी र खेलाडीहरुले प्रमाणपत्र तथा दोस्रो हुनेले नगद ३३ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष बिजय चौधरीले जानकारी दिनु भएको छ ।

गंजभवानीपुरमा क्रिकेट प्रतियोगिता हुने

नरेश गुप्ता

बरियारपुर,

जागरण युवा क्लब गंजभवानीपुरको आयोजनामा क्रिकेट प्रतियोगिता हुने भएको छ । क्लबले आगामी फागुन २५ गतेबाट गंजभवानीपुरमा प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

क्लबका अध्यक्ष जयकिसुन यादवको अध्यक्षतामा महागढीमाई नगरपालिका वडा नम्बर ३ स्थित गंजभवानीपुरामा शनिवार भएको भेलामा प्रतियोगिताबारे जानकारी गराइएको हो ।

प्रतियोगितामा सहभागी हुन बारा र अन्य जिल्लाका गरी शनिवारसम्म १६ वटा टिमले टिम दर्ता गराएका छन । शनिवार नै प्रतियोगिता आयोजक क्लबका खेलाडीहरुलाई ज्योति पाराडाईज सकेन्डरी स्कुल बरियारपुरको तर्फबाट ५० थान भेष्ट उपलब्ध गराइएको थियो ।

प्रतियोगितामा गंजभवानीपुर क्रिकेट क्लब, कोल्हबी, खजुरिया, एस पि एस, कवहीगोठ, महागढीमाई, प्रसौनी, हेटौंडा, कलैया र वीरगन्ज लगायत विभिन्न १६ टोलीको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष यादवले जानकारी दिनु भयो ।

कार्यक्रममा ज्योती पाराडाइज सकेन्डरी स्कुलका संस्थापक प्रभुलाल कुशवाहा, क्लबका पदाधिकारी र खेलाडीहरुको पनि सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here