काठमाडौं — अभिनेत्री केकी अधिकारी ले नयाँ फिल्म ‘स्टेशन’ निर्माणको घोषणा गरेकी छन्। नयाँ वर्ष २०८३ को अवसर पारेर उनले फिल्मको थिम पोस्टरसहित औपचारिक रूपमा परियोजना सार्वजनिक गरेकी हुन्।

सामाजिक सञ्जालमार्फत उनले ‘स्टेशन’लाई “सपना र कथाको नयाँ यात्रा” भन्दै प्रस्तुत गरेकी छन्। बदलिँदो समयसँगै फरक कथा र प्रस्तुति लिएर आउने उनको भनाइ छ।

यो फिल्म गत वर्ष चर्चित बनेको ‘बोक्सीको घर’ टिमसँगको सहकार्यमा निर्माण हुन लागेको हो। फिल्मको निर्देशन सुलक्षण भारती ले गर्नेछन् भने निर्माणमा बद्री अधिकारी रहनेछन्।

सार्वजनिक गरिएको थिम पोस्टरले फिल्म सामाजिक कथावस्तुमा आधारित हुने संकेत गरेको छ। निर्माण पक्षका अनुसार ‘स्टेशन’ आगामी भदौ १९ गते देशभर प्रदर्शनमा आउनेछ।

फिल्मका अन्य कलाकार तथा प्राविधिक टिमबारे भने पछि जानकारी दिइने जनाइएको छ।

Leave a Reply