निजगढ,बाराको निजगढ नगरपालिका वडा नं. १२ मा भुटनदेवी खयरखोला थानिमाई मेला बिहीवारबाट आयोजना हुने भएको छ ।विगत ५ दशकदेखि निजगढ नगरपालिका वडा नम्वर १२ स्थित रामथलीको चुरेको फेदीमा संचालन हुदै आएको मेला यो वर्ष पनि निरन्तरता दिन लागिएको हो ।यो वर्ष पौष १२ र १३ गते हुन लागेको मेला व्यवस्थापन समितिका संयोजक दिनेश लामाले जानकारी दिनुभयो ।मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतीका साथै स्थानीय खाना र स्थानीय उत्पादनको बिक्री कक्ष समेत राखिने जनाईएको छ ।मेलामा दोहोरी गायक बद्री राउत र प्रमिला आलेले दोहोरी ब्याटल प्रस्तुत गर्नेछन् भने चर्चित गायक प्रतीक ब्लोनका साथै स्थानीय कलाकारहरुले प्रस्तुती दिने कलाकार व्यवस्थापक पवन विकले जानकारी दिनुभयो ।
















