सिमरा,नेकपा एमालेको मिसन ग्रसरुट अभियान अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को वडा कमिटी बैठक बिहीवार सम्पन्न भएको छ ।बैठकले ग्रासरुट अभियानलाई वडाको टोल टोलमा पु¥याउने निर्णय गर्नुका साथै फागुन २७ गते बृहत कार्यकर्ता भेलाको आयोजना गर्ने भएको छ ।बैठकमा प्रदेश कमिटी सदस्य किशोर शर्माले अभियान सफल बनाउन सबै लाग्नु पर्ने कुरामा जोड दिनुभयो ।त्यसैगरी प्रदेश कमिटी सदस्य मनोज पौडेलले बिदेशी शक्तिको चलखेलका कारण एमाले नेतृत्वको गठबन्धन परिवर्तन भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्ड बिदेशीको इशारामा चलेको आरोप लगाउनुभयो । उहाँले गत आम निर्वाचनमा सबै दल मिल्दा पनि एमालेले शानदार जित हासिल गरेका कारण अन्य पार्टीहरु एमालेसंग डराएको जिकिर गर्नुभयो । सरकारमा न भएता पनि समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानमा एमाले पछि नपर्ने उहाँले उल्लेख गर्नुभयो ।वडा कमिटी अध्यक्ष नारायण घिमिरेको सभापतित्वमा र रबिन्द्रराज भन्डारीको सहजीकरणमा सम्पन्न बैठकमा प्रदेश कमिटी सदस्य राजमहम्मद राय, जिल्ला कमिटी सदस्यहरु सिमा ठकुरी, रुस्तम अन्सारी, नगर कमिटी सदस्यहरु पुष्पराज थापा, बिजय मैनालीलगायतको उपस्थिति रहेको थियो ।अभियान अन्तर्गत एमालेले बारा जिल्लाका १६ वटै पालिकाको बैठक सम्पन्न गरेर अब वडा भेला तथा बैठक सुरु गर्न थालेको छ । वडा बैठक तथा भेलापछि पार्टीले टोलस्तरमा पनि कार्यक्रम सन्चालन गर्ने तयारी गरेको प्रदेश कमिटी सदस्य पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply