सिमरा,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) की केन्द्रीय सदस्य लक्ष्मी तिमिल्सिनाले जन्मदिनको अवसरमा विद्यार्थीलाई खेल पोशाक र खेलकुद सामाग्री वितरण गर्नुभएको छ ।

नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटी सदस्य समेत रहेकी तिमिल्सिनाले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई खेल पोशाक, फुटबल र भलिबल हस्तान्तरण गर्नुभएको हो । तिमिल्सिनाले भलिबल खेलका लागि विद्यालयमा अध्ययनरत २५ जना छात्रालाई खेल पोशाकका साथै दुई थान भलिबल र दुई थान फूटबल हस्तान्तरण गर्नुभएको थियो । उहाँले विद्यालयका प्रध्यानाध्यापक पर्शुराम श्रेष्ठ र छात्रछात्रालाई सामग्री हस्तान्तरण गर्नुभएको हो ।



















