साधारण शब्दमा भन्ने हो भने मिटर ब्याज भनेको कुनै पनि व्यक्तिले कोही अरुलाई चर्को ब्याजमा ऋण दिनु नै हो । अहिले मिटर ब्याजको नाउमा बिभिन्न बितण्डाहरु फैलिएको देखिन्छ । अहिले आएर यो बिषय किन पेचिलो बन्दैछ र यसका पछाडि कसको के स्वार्थ छ भन्ने कुरा त पछि सार्वजनिक हुँदै जाला तर मिटरब्याजको बाहनामा मधेसबाट केही व्यक्तिहरु हिडेर काठमाडौं पुगेको कुराले सबैको ध्यान खिचेको छ ।मुल कुरा के हो भने ऋण कसैले पनि कसैलाई करकापमा दिने कुरा होइन । ऋण भनेको स्वच्छाले लिने कुरा हो । यदि कसैको ऋण लिएर पनि नियत नतिर्ने मनसाय बनाइयो भने त्यो पनि अपराध हो । अहिले मिटर ब्याजको नाउमा भइरहेको आन्दोलनमा यिनै कुराको घुसपैठ बढी भएको हो कि भन्ने आशंका पनि छ । ऋण लिने अनि तिर्न परेपछि बैंक तथा व्यक्तिकै बिरोधमा उत्रिएको कुरालाई सहज रुपमा अनुमान लगाउन सकिन्छ ।सरकारले पनि केही कुरामा बिचार गरेको जस्तो देखिदैन । फेरि यसो भन्दैमा तराई मधेसमा मिटर ब्याजको समस्या बिकराल छैन भन्न पनि खोजिएको होइन । ऋण लगानी गरेर उठिवास लगाउनेहरु पनि होलान तर पनि मिटर ब्याजको नाउमा अहिले भइरहेको विरोधका पछाडि कयौं स्वार्थ भएको कुरा स्वतः स्पष्ट नै छ ।


















