सिमरा,सशस्त्र प्रहरीको विभागीय टिम नेपाल एपिएफ क्लब विरुद्ध २(१ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाईज यूनाईटेड जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।सिमरा रङ्गशालामा एपिएफले बनाएको शुरुवाती अग्रता उल्टाउँदै चर्च ब्वाईजले प्रतियोगिताको पहिलो सहभागितामै सेमीफाइनल यात्रा तय ग¥यो । रोमाञ्चक जितसंगै उसले न्युरोड टिम एनआरटी संगको सेमिफाइनल भेट पक्का गरेको छ । फाइनल प्रवेशका लागि चर्च ब्वाईजले बिहीवार एनआरटीको सामना गर्नेछ ।एपिएफका मिडफिल्डर सन्तोष श्रेष्ठले खेलको २३ औं मिनटमा उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए पनि एपिएफ सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरियो । श्याम नेपालीले डिबक्सभित्र उपलब्ध गराएको बल नियन्त्रणमा लिंदै सन्तोषले टिमलाई अग्रता दिलाएका थिए । सन्तोषको एयर बलले जाली चुम्दा चर्च ब्वाईजका अफ्रिकी गोल रक्षक प्रिसोले बचाउको प्रयाससम्म गर्न पाएनन् ।चर्च ब्वाईजको जितमा मिडफिल्डरद्वय सन्तोष न्यौपाने र रञ्जित पाण्डेले एक(एक गोल गरे । खेलको ३१ औं मिनटमा चर्चब्वाईजका सन्तोष न्यौपानेले टिमलाई खेलमा फर्काए । रञ्जित पाण्डेको क्रस बलमा हेडर एटेम्प गरेका सन्तोषको प्रहार एपिएफका डिफेण्डरको खुट्टामा डिफ्लेक्ट हुँदै गोलमा परिणत भयो । एपिएफसंगको बराबरीपछि आक्रामक बनेको चर्चब्वाईज पहिलो हाफमै अग्रता बनाउन सफल भयो । खेलको ४३ औं मिनटमा रञ्जित पाण्डेको उत्कृष्ट डाइविङ हेडर मार्फत चर्च ब्वाईजले अग्रता लिएको थियो ।दोश्रो हाफगोल रहित बने पनि दुबै टिमले आकर्षक अवसरहरु सिर्जना गर्दा सिमरा रङ्गशालामा उपस्थित करिब सात हजार दर्शक आआफ्नो टिमको समर्थनमा हुटिङ गर्दै अन्तिमसम्म प्यारापिटमै बसे ।खेलको एभरेष्ट बैंक म्यान अफ दि म्याच चर्च ब्वाईजका अफ्रिकी मिडफिल्डर ओउसो वेम्पा घोषित भए । एभरेष्ट बैंकका रिजनल हेड विभूति न्यौपाने र जीतपुरसिमराका वडाध्यक्ष इश्वर खत्रीले म्यान अफ दि म्याचको ट्रफि र दश हजार नगद प्रदान गरे ।प्रतियोगिताअन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेलमा हेटौंडाको मकवानपुर ११ ले ‘ए’ डिभीजन क्लब हिमालयन शेर्पाको सामना गर्नेछ ।

Leave a Reply