बसन्त लामा

सिंगौल,निजगढ नगरपालिकाको वडा नं. १ मा महिला हिंसा न्यूनीकरण सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ ।हाम्रो प्रतिबद्धता महिला हिंसा विरुद्ध बुलन्द आवाज भन्ने मुला नाराको साथमा बिहीवार महिला हिसा न्यूनीकरण सम्बन्धि कार्यक्रम सम्पन्न भएको हो ।वडा कार्यालयको सहयोगमा महिला आवाज निजगढ वडा नं. ७ को आयोजनामा कार्यक्रम गरिएको हो ।सिंगौलमा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा कार्यक्रम आयोजना गरिएको थियो ।वडा नं. १ का वडा अध्यक्ष मगल लोप्चनको प्रमुख आतिथ्यमा महिला हिसा न्यूनीकरण सम्बन्धित कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमको अध्यक्षता महिला आवाज नेपाल सस्थाकी अध्यक्ष सावित्री बरालले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महिला आवाज नेपालकी सचिव सोभा तिमल्सिनाले गर्नुभएको थियो ।कार्यक्रममा प्रमुख प्रशिक्षक कल्पना खरेल र सहायक प्रशिक्षक गंगा शिवाकोटीले महिला हिसा न्यूनीकरण सम्बन्धित कार्यक्रमा सहभागी सिंगौल वडा नं. १ का महिलाहरुलाई प्रशिक्षण दिनुभएको थियो ।महिला हिसा न्यूनीकरण कार्यक्रमको विशिष्ट अतिथिमा निजगढ नगरपालिकाको कार्यपालिका सदस्य फुलमाया घलान, अतिथिमा वडा सदस्य कान्तलाल धामी, मन्जुकुमार कछडिया, जुनेलीमाया बिक, निवर्तमान वडा सदस्य सोपिला स्याङन्तान, राधिका खड्का रहनुभएको थियो ।कार्यक्रममा सिंगौल वडा नं. १ का ५४ जना महिलाको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

Leave a Reply